Home | Article | Portfolio | Service | Contact
 
Support   Gallery   Article   Help
  Feedback            
 
मेरो घर   -  रन्जन राज ढुंगेल

घरको परिचय दिनुपर्दा
छिमेकीहरुलाई पहिले चिनाउनुपर्छ
दुईवटा ठूला ठूला घरहरुको वीचमा
सानो चिटिक्कको ओझेलमा परेको मेरो घर

बनाउनेले के सोचेर बनायो
दुई ढुंगा वीचमा पनि घर उठाएर गयो
त्यो समयमा अवश्य चम्केको हुदो हो
मिहेनत र परिश्रमले जे होस् एक सुन्दर घर बनायो ॥

घर त्यही नै हो त्यही सानो चिटिक्कको
घरधनी त्यो घरले खुवै वनायो ॥
त्यो वखत वाटोको कुरो रहेन
अहिले त्यो घरसम्म पुग्न वाटो नै भएन ।

एक छिमेकीलाई वास्ता नै छैन
वेलावखत सहयोग माग्दा
सधै नै जुटायो ॥
अर्कोले त त्यो सानो घरलाई
आफ्नै कोठा झै बनायो


दलिन पुरानो भई किरा लागिसक्यो
थाम भाचिनलाई ठिक्क परिसक्यो
हिजो बाले चलाए आज दाईको पालो आएको छ
त्यो रित्तो घरमा पनि रजाई चलाउनेको होड छ
वुगेलमा वस्नेले धेरै चलाए रे
अव त मटानको पनि पालो आवश्यक छ
पिढिमै जिन्दगी कति विताउने रे
अव त उनीहरुलाई पनि वैठकको जरुरी छ

छानो उडिसकेको थाम भाँचिसकेको
भण्डारमा रहेको ढुकुटीको
ताल्चा साँचो नै हराइसकेको
आगो वाल्नलाई इन्धन सकिसकेको
भात पस्कनलाई चामल रित्तिसकेको
ठूला ठूला छिमेकीको वीचमा
ओझेलमा परेको मेरो घर

बनाउन कसैले सोच्दैनन्
नाश विगार त धेरैले गरेहोलान्
अन्न अरुले दिनुपर्छ
विरामी पर्दा उपचार अरुले गरिदिनुपर्छ
नाङ्गो लाचार घरभित्र पनि
घरमा हैकम चलाउनेको तछाडमछाड छ

छिमेकीलाई हार गुहार नगरी
अव त घरको सिन्को पनि नभाचिने चलन भाको छ ।
फलानाको घर त्यो शान त्यो रौनक
माटोमा विलिन हुने अवस्था सिर्जित हुदा पनि
सदस्यहरुमा चेतनाको अभाव यथावत छदैछ
बाँकी बचेको मेरो घरको अस्तित्व पनि
तछाडमछाडले संकटमा परेको आभास हुन्छ ॥