Home | Article | Portfolio | Service | Contact
 
Support   Gallery   Article   Help
  Feedback            
 
सन्तानको चाहना   -  रन्जन राज ढुंगेल

सरिनाले विवाह त गरिन तर उनलाई विवाह पश्चात सन्तान जन्माई हाल्न मन लागेन । उनी आफ्नो परिवारको जग बलियो नभई सन्तान नजन्माउने पक्षमा थिइन । उनलाई यस कुरामा उनका पतिले पनि साथ दिएका हुन् । विवाह गरेको एक वर्षमा नै सन्तान जन्माउदा सन्तान त समयमै हुर्कन्छन् तर आकाशिदो महंगी अनि सामाजीक परिवेशमा सन्तानलाई हुर्काउन पढाउन निकै गाह्रो हुने भएकाले उनले अनेकौं सामाजीक गाली गलौज वीच आफ्नो अडान कायम गरिन । उनी सोरोजगार थिइन उनको कमाई मासिक सात हजार रुपैया हुन्थ्यो अनि उनको पतिको कमाई पनि मासिक ११ हजार रुपैया जति थियो । खाना र अन्य खर्चमा नै उनीहरुको १५ हजार भन्दा वढि खर्च थियो । उनीहरुको कमाईको हाराहारीमा नै खर्च हुने भएकोले सन्तानका लागि थप आर्थिक व्यवस्था नहुन्जेल सन्तान नजन्माउने पक्षमा अडिएको पनि एक हिसावले ठिकै मान्न सकिन्थ्यो । सन्तान जन्मेपछि कम्तिमा पाँच हजार रुपैया सन्तानका लागि छुट्टाउनुपर्ने देखिन्थ्यो । सरिनाका अधिकाशं नातेदार पनि उनी जस्तै नै थिए तर उनीहरुका सन्तानहरुले पढ्ने विद्यालयको मासिक शुल्क चार हजारको हाराहारीमा थियो । सामाजीक रहनसहनमा वाँचे पछि आफूले नसके पनि देखासिकि अनुसार चल्नुपर्ने बाध्यताले गर्दा पनि सरिनाले सन्तान जन्माई हाल्ने आँट नगरेकी हुन् ।

'रवि' सरिनाको मनमिल्ने जीवनसाथी । सरिनाले जस्तो जस्तो चाहन्थी रविले सबैकुरा मान्थ्यो । रविले श्रीमतीको कुरामा कहिले पनि औला उठाएन । रवि अल्लि फरक किसिमको मान्छे थियो । उसले विवाह गरेपनि पारिवरिक जिम्मेवारी वहन गरेन । सम्पूर्ण निर्णय अनि योजनाहरु सरिनाको हुन्थ्यो । उसले मात्र आफ्नो मत जाहेर गर्दथ्यो । उसलाई पारिवारिक उल्जन भन्दा श्रीमतीका निर्णयहरु नै ठिक लाग्थ्यो । उसले सरिनालाई खुकुलो पार्नुको अर्थ उ आफै पनि हलुङ्गो हुनु थियो । उसले पारिवरिक कचकचले गर्दा विवाहलाई सहर्ष स्वीकारेको थियो । कम्तिमा आठ नौ वटी केटीहरु मध्येबाट उसलाई सरिना किन मनपर्‍यो थाहाछैन ।

उसले आफ्नी भावि जीवनसंगीनी संझेर गरेका प्रश्नहरु कतिले अन्तर्वार्ता भने, कतिले विवाह अगाडि नै फर्माइसहरु गर्न थाले अनि कति केटी उसको नजरमा पर्न सकेनन् । सरिना र रविको विवाहको कुराकानी भैरहेको छ भन्ने सुइको पनि नपाउँदा ती दुईको भेट वर्षातमा ओत लाग्दा वसस्टपमा भएको थियो । पानी घनघोर पर्दै गएपछि वसस्टपबाट ती दुईले नजिकैको पसलको साहारा लिएका थिए । उनीहरु वीच कुनै वोलचाल भएको थिएन तर पनि चिया पसलमा वाँकी वचेको एउटा टेवुलमा गएर दुवै वसें । पानीका कारण ओत लाग्न आउनेहरुको संख्या अधिक भएकाले धेरै समयसम्म उनीहरुको टेवुलमा खानेकुराको सोधपुछका लागि कोही आएनन् । उनीहरुले वर्षात अनि जाडोको विषयमा मुस्किलले एक मिनेट जति वात गरे होलान् । सरिनाले चिया मगाई रविले पनि मगायो । एक्लोपनमा साथ दिने मोवाइललाई दुवैले साथी वनाए । अलि अलि काली, कपाल काँधसम्म पालेकी, हेर्दा शान्त स्वभावकी सरिना र गहुगोरे, अग्लो अनि खाइलाग्दो रविका वीच वेलावेलामा आँखा जुधे पनि मन्द मुस्कानमा नै दुवै रमाएका थिए । आधाघण्टासम्म संगै वस्दा पनि दुवैले एक अर्काको परिचय मागेनन् ।

करिव एकहप्ता पछि साँझको प्रहरमा केटी हेर्नका लागि रवि वेकरी क्याफे पुग्यो । रविका बाआमा, दिदि र दुई अपरिचित एउटै टेवुलमा वसेर गफ गरिरहेका थिए । तर विवाहका लागि योग्य कन्या त्यस टेवुलमा थिइनन् । अगाडिको टेबुलमा दुइजना युवती थिए त्यसमध्ये एक जना वर्षातमा ओत लाग्दाकी आँधा घण्टाकी साथी थिइन । मन्दमुस्कान सहित रवि बाबाआमा भएको टेवुलमा पुग्यो । रविले आक्कल पनि गर्न सकेको थिएन की अस्ति वर्षातकी आधा घण्टाकी साथी उसकी जीवनसाथीका लागि हाजिर होलिन भनेर । संगै एकै टेवुलमा वसेर वातचित गर्ने मौका दिएपछि दुवैले एक अर्कालाई हेरें अनि मन्दमुस्कान । यस्तो थाहापाएको भए त अस्ति नै कुरो टुंगो लाउनहुन्थ्यो नी हगि, रविले सरिनालाई प्रश्न गरयो । खोई  सरिनाले उत्तर टुंग्याई । विवाह भएपनि नभएपनि दुवै एक अर्काको साथी हुने कुरामा भने दुवै राजी भए अनि दुवैले आफ्नो मोवाइल नम्वर साटासाट गरें । दुवै परिवारको चित्त बुझ्यो अनि विवाह सम्पन्न भयो । रविसंग पहिलो रातमा नै सरिनाले सन्तान पछि जन्माउनका लागि अनुरोध गरेकी थिई अनि रवि पनि सहमत भएको थियो ।

विवाह गरेको एक वर्षसम्म पनि सन्तानका लागि उनीहरुले सुरसार गरेका थिएनन् । रविले सरिनालाई एकदमै माया गर्दथ्यो उनीहरु एक असल प्रेमीप्रेमीका जस्ता देखिन्थे । फुस्रदका धेरै समय रविले सरिनासंग विताउने हुँदा उसले अरु साथीसंगी नातागोताहरुलाई समय दिइरहेको थिएन । त्यसैले उसले जोइटिङरेको संज्ञा पनि पाइसकेको थियो । उनीहरु खुशी थिए तर सम्पूर्ण परिवारको निर्णय सरिनाले लिएकी हुनाले भने कहिलेकाही उनीहरु वीच झगडा हुनु स्वभाविक पनि हो । कुनै पनि जिम्मेवारी वहन नगरी पतिको रुपमा रहिरहन पाएकोमा उसले सरिनाको निर्णयमा कहिलै खोट देखेन । जसको फलस्वरुप विवाह गरेको पन्ध्र महिनामा उनीहरु परिवारबाट अलग्गिएर भिन्दो वसें । जम्मा दुईजनाको परिवार भएकोले सधै सुनसान नै हुनेगर्दथ्यो घर । काम गर्नको लागि सरिनाले एउटा काम गर्ने केटालाई घरमा राखि । हरेराम नजिककैको स्कूलमा दिनभर पढ्दथ्यो भने विहान वेलुकी घरको काममा व्यस्त हुन्थ्यो । सरिनालाई स्वतन्त्रताको अनुभव भएको थियो । हुन त उनीहरुको मूल घरमा पनि खासै त्यस्तो अप्ठ्यारो त थिएन तर सासु ससुरा अनि नन्दहरुका वीच जति सुकै स्वतन्त्रता भएपनि कतै वाधिएको अनुभव गरेकी थिई सरीनाले । विस्तारै घरका जिम्मेवारीहरु थपिदै गएपछि रविले थप आम्दानीका लागि विहान वेलुकी अरु कामहरु गर्न थाल्यो । सरिनाको सबैकुरा पोख् साथी वन्न पुगेको थियो हरेराम । उमेरले वाह्र तेह्र वर्षको हुदो हो मान्छे खाइलाग्दो नै थियो । विचरा कान्छिआमाको मारमा परेर पिडित भएको रहेछ । राम्ररी खान पनि नपुग्ने घरमा जन्मेता पनि उसले सरिनाको घरमा राम्रै इज्जत पाएको थियो । घरको आधाउधो काम हरेरामले नै पुरा गर्ने गर्दथ्यो । सरिनाले पनि खुव माया गर्दथी ।

सरिनाले जव वच्चाको चाहना राखि तव रविले एक दुई महिना हेर्नको लागि भन्यो किनकी रविले दुईवर्षका लागि स्वीडेनमा ट्रेनिङको लागि गरेको निवेदन लगभग अन्तिम अवस्थामा पुगेको थियो । उमेरले ३० पार गरी सकेका जोडीले सन्तान जन्माउनका लागि लगभग तयारी गर्दा गर्दै रविको निवेदन स्वीकृत भयो । उ दुईवर्षका लागि स्वीडेन हानियो । घरमा सरिना एक्ली भएकी थिई । उ सोरोजगार भएकाले दिउँसभर त अफिस साथीसंगी संग नै व्यस्त हुन्थी । घरमा रविको वास त्यति नहुने भएकाले उसलाई विहान र सुझ खासै फरक परेन तर जव रात पर्दथ्यो ऊ विछ्यौनामा एक्ली हुन्थी उसलाई रविको अभाव खस्किन्थ्यो । सरिनालाई विभिन्न तर्कना अनि कोठामा भएका तस्वीर तथा दराजका परछाईले पनि तसा्रउन थाल्यो । सरिनालाई सबैभन्दा डरलाग्ने क्षण भनेको विजुली é