सरिनाले विवाह त गरिन तर उनलाई विवाह पश्चात सन्तान जन्माई
हाल्न मन लागेन । उनी आफ्नो परिवारको जग बलियो नभई सन्तान
नजन्माउने पक्षमा थिइन । उनलाई यस कुरामा उनका पतिले पनि
साथ दिएका हुन् । विवाह गरेको एक वर्षमा नै सन्तान
जन्माउदा सन्तान त समयमै हुर्कन्छन् तर आकाशिदो महंगी अनि
सामाजीक परिवेशमा सन्तानलाई हुर्काउन पढाउन निकै गाह्रो
हुने भएकाले उनले अनेकौं सामाजीक गाली गलौज वीच आफ्नो अडान
कायम गरिन । उनी सोरोजगार थिइन उनको कमाई मासिक सात हजार
रुपैया हुन्थ्यो अनि उनको पतिको कमाई पनि मासिक ११ हजार
रुपैया जति थियो । खाना र अन्य खर्चमा नै उनीहरुको १५ हजार
भन्दा वढि खर्च थियो । उनीहरुको कमाईको हाराहारीमा नै खर्च
हुने भएकोले सन्तानका लागि थप आर्थिक व्यवस्था नहुन्जेल
सन्तान नजन्माउने पक्षमा अडिएको पनि एक हिसावले ठिकै मान्न
सकिन्थ्यो । सन्तान जन्मेपछि कम्तिमा पाँच
हजार रुपैया सन्तानका लागि छुट्टाउनुपर्ने देखिन्थ्यो ।
सरिनाका अधिकाशं नातेदार पनि उनी जस्तै नै थिए तर उनीहरुका
सन्तानहरुले पढ्ने विद्यालयको मासिक शुल्क चार हजारको
हाराहारीमा थियो । सामाजीक रहनसहनमा वाँचे
पछि आफूले नसके पनि देखासिकि अनुसार चल्नुपर्ने बाध्यताले
गर्दा पनि सरिनाले सन्तान जन्माई हाल्ने आँट नगरेकी हुन् ।
'रवि' सरिनाको मनमिल्ने जीवनसाथी । सरिनाले जस्तो जस्तो चाहन्थी
रविले सबैकुरा मान्थ्यो । रविले श्रीमतीको कुरामा कहिले पनि
औला उठाएन । रवि अल्लि फरक किसिमको मान्छे थियो । उसले विवाह
गरेपनि पारिवरिक जिम्मेवारी वहन गरेन । सम्पूर्ण निर्णय अनि
योजनाहरु सरिनाको हुन्थ्यो । उसले मात्र आफ्नो मत जाहेर
गर्दथ्यो । उसलाई पारिवारिक उल्जन भन्दा श्रीमतीका निर्णयहरु
नै ठिक लाग्थ्यो । उसले सरिनालाई खुकुलो पार्नुको अर्थ उ आफै
पनि हलुङ्गो हुनु थियो । उसले पारिवरिक कचकचले गर्दा विवाहलाई
सहर्ष स्वीकारेको थियो । कम्तिमा आठ नौ वटी केटीहरु मध्येबाट
उसलाई सरिना किन मनपर्यो थाहाछैन ।
उसले आफ्नी भावि जीवनसंगीनी संझेर गरेका प्रश्नहरु कतिले
अन्तर्वार्ता भने, कतिले
विवाह अगाडि नै फर्माइसहरु गर्न थाले अनि कति केटी उसको नजरमा
पर्न सकेनन् । सरिना र रविको विवाहको कुराकानी भैरहेको छ भन्ने
सुइको पनि नपाउँदा ती दुईको भेट वर्षातमा ओत लाग्दा वसस्टपमा
भएको थियो । पानी घनघोर पर्दै गएपछि वसस्टपबाट ती दुईले
नजिकैको पसलको साहारा लिएका थिए । उनीहरु वीच कुनै वोलचाल भएको
थिएन तर पनि चिया पसलमा वाँकी
वचेको एउटा टेवुलमा गएर दुवै वसें । पानीका कारण ओत लाग्न
आउनेहरुको संख्या अधिक भएकाले धेरै समयसम्म उनीहरुको टेवुलमा
खानेकुराको सोधपुछका
लागि कोही आएनन् । उनीहरुले वर्षात अनि जाडोको विषयमा
मुस्किलले एक मिनेट जति वात गरे होलान् । सरिनाले चिया मगाई
रविले पनि मगायो । एक्लोपनमा साथ दिने मोवाइललाई दुवैले साथी
वनाए । अलि अलि काली,
कपाल काँधसम्म
पालेकी,
हेर्दा
शान्त स्वभावकी सरिना र गहुगोरे,
अग्लो अनि
खाइलाग्दो रविका वीच वेलावेलामा आँखा जुधे पनि मन्द मुस्कानमा
नै दुवै रमाएका थिए । आधाघण्टासम्म संगै वस्दा पनि दुवैले एक
अर्काको परिचय मागेनन् ।
करिव एकहप्ता पछि साँझको
प्रहरमा केटी हेर्नका लागि रवि वेकरी क्याफे पुग्यो । रविका
बाआमा,
दिदि र
दुई अपरिचित एउटै टेवुलमा वसेर गफ गरिरहेका थिए । तर विवाहका
लागि योग्य कन्या त्यस टेवुलमा थिइनन् । अगाडिको टेबुलमा
दुइजना युवती थिए त्यसमध्ये एक जना वर्षातमा ओत लाग्दाकी आँधा
घण्टाकी साथी थिइन । मन्दमुस्कान सहित रवि
बाबाआमा
भएको टेवुलमा
पुग्यो । रविले आक्कल पनि गर्न सकेको थिएन की अस्ति वर्षातकी
आधा घण्टाकी साथी उसकी जीवनसाथीका लागि हाजिर होलिन भनेर ।
संगै एकै टेवुलमा वसेर वातचित गर्ने मौका दिएपछि दुवैले एक
अर्कालाई हेरें अनि मन्दमुस्कान ।
यस्तो थाहापाएको भए त अस्ति नै कुरो टुंगो लाउनहुन्थ्यो नी हगि,
रविले
सरिनालाई प्रश्न गरयो । खोई सरिनाले उत्तर टुंग्याई । विवाह
भएपनि
नभएपनि दुवै एक अर्काको साथी हुने कुरामा भने दुवै राजी भए अनि
दुवैले आफ्नो मोवाइल नम्वर साटासाट गरें । दुवै परिवारको चित्त
बुझ्यो अनि विवाह सम्पन्न भयो । रविसंग पहिलो रातमा नै सरिनाले
सन्तान पछि जन्माउनका लागि अनुरोध गरेकी थिई अनि रवि पनि सहमत
भएको थियो ।
विवाह गरेको एक वर्षसम्म पनि सन्तानका लागि उनीहरुले सुरसार
गरेका थिएनन् । रविले सरिनालाई एकदमै माया गर्दथ्यो उनीहरु एक
असल प्रेमीप्रेमीका जस्ता देखिन्थे । फुस्रदका धेरै समय रविले
सरिनासंग विताउने हुँदा उसले अरु साथीसंगी नातागोताहरुलाई समय
दिइरहेको थिएन । त्यसैले उसले जोइटिङरेको संज्ञा पनि पाइसकेको
थियो । उनीहरु खुशी थिए तर सम्पूर्ण परिवारको निर्णय सरिनाले
लिएकी हुनाले भने कहिलेकाही उनीहरु वीच झगडा हुनु स्वभाविक पनि
हो । कुनै पनि जिम्मेवारी वहन नगरी
पतिको
रुपमा रहिरहन पाएकोमा उसले सरिनाको निर्णयमा कहिलै खोट देखेन ।
जसको फलस्वरुप विवाह गरेको पन्ध्र महिनामा उनीहरु परिवारबाट
अलग्गिएर भिन्दो वसें । जम्मा दुईजनाको परिवार भएकोले सधै
सुनसान नै हुनेगर्दथ्यो घर । काम गर्नको लागि सरिनाले एउटा काम
गर्ने केटालाई घरमा राखि । हरेराम नजिककैको स्कूलमा दिनभर
पढ्दथ्यो भने विहान वेलुकी घरको काममा व्यस्त हुन्थ्यो ।
सरिनालाई स्वतन्त्रताको अनुभव भएको थियो । हुन त उनीहरुको मूल
घरमा पनि खासै त्यस्तो अप्ठ्यारो त थिएन तर सासु ससुरा अनि
नन्दहरुका वीच जति सुकै स्वतन्त्रता भएपनि कतै वाधिएको अनुभव
गरेकी थिई सरीनाले । विस्तारै घरका जिम्मेवारीहरु थपिदै गएपछि
रविले थप आम्दानीका लागि विहान वेलुकी अरु कामहरु गर्न थाल्यो
। सरिनाको सबैकुरा पोख् साथी वन्न पुगेको थियो हरेराम । उमेरले
वाह्र तेह्र वर्षको हुदो हो मान्छे खाइलाग्दो नै थियो । विचरा
कान्छिआमाको मारमा परेर पिडित भएको रहेछ । राम्ररी खान पनि
नपुग्ने घरमा जन्मेता पनि उसले सरिनाको घरमा राम्रै इज्जत
पाएको थियो । घरको आधाउधो काम हरेरामले नै पुरा गर्ने गर्दथ्यो
। सरिनाले पनि खुव माया गर्दथी ।
सरिनाले जव वच्चाको चाहना राखि तव रविले एक दुई महिना हेर्नको
लागि भन्यो किनकी रविले दुईवर्षका लागि स्वीडेनमा ट्रेनिङको
लागि गरेको निवेदन लगभग अन्तिम अवस्थामा पुगेको थियो । उमेरले
३० पार गरी सकेका जोडीले सन्तान जन्माउनका लागि लगभग तयारी
गर्दा गर्दै रविको निवेदन स्वीकृत भयो । उ दुईवर्षका लागि
स्वीडेन हानियो । घरमा सरिना एक्ली भएकी थिई । उ सोरोजगार
भएकाले दिउँसभर त अफिस साथीसंगी संग नै व्यस्त हुन्थी । घरमा
रविको वास त्यति नहुने भएकाले उसलाई विहान र सुझ खासै फरक परेन
तर जव रात पर्दथ्यो ऊ विछ्यौनामा एक्ली हुन्थी उसलाई रविको
अभाव खस्किन्थ्यो । सरिनालाई विभिन्न तर्कना अनि कोठामा भएका
तस्वीर तथा दराजका परछाईले पनि तसा्रउन थाल्यो । सरिनालाई
सबैभन्दा डरलाग्ने क्षण भनेको विजुली é