Home | Article | Portfolio | Service | Contact
 
Support   Gallery   Article   Help
  Feedback            
 
नेपाली Unicode भनेको के हो?

युनिकोड देवनागरी लिपिको नेपाली भाषाको टाईपिङको निम्ति सुहाउदो गरि तयार गरिएको कीबोर्ड ड्राईभरहरू नै युनिकोड नेपाली हो। अर्थात् कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली भाषाको प्रयोग गर्नका लागी तयार गरिएको देवनागरी लिपि र अन्य सफ्टवेयरहरूलाई समष्टिमा नेपाली युनिकोड भनिन्छ। यसमा भएको विकासले नै विकिपीडिया लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम एकरुपता आएको छ।

नेपाली युनिकोड, Nepali Unicode Traditional र Nepali Unicode Romanized गरी दुई प्रकारका छन। Traditional को keyboard layout पुरानो नेपाली फन्ट जस्तै प्रिति, कान्तिपुर आदि संग मिल्छ। तर Nepali Unicode Romanized भने English keyboard layout संग मेल खान्छ । नेपाली युनिकोडको प्रयोगले नेपाली भाषा शुद्ध सँग लेख्न सकिन्छ। यसमा नेपालीमा प्रयोग हुने स्वर वा व्यन्जन वर्ण का जुनसुकै अक्षर अलग्ग एउटै कुञ्जि (key) मा हुन्छ । 'ङ'निकाल्न अल्ट र ०१७० टाईप गरिरहनु पर्दैन र फ झ क्ष ष ण जस्ता अक्षर निकाल्न दुई तीन टुक्रा जोड्नु पनि पर्दैन। त्यसैगरी अ आ इ ई लगायतका बाह्रखरी र मात्राहरू पनि अलग अलग एउटै कुञ्जिमा हुन्छ। औकार दिन ा + ै गर्नुपर्दैन एकैचोटी ौ गरे पुग्छ । अप्ठ्यारा अक्षरहरू बनाउन पनि छुट्टाछुटटै कुञ्जि संझनु पर्दैन ङ + ् + ग गरे आफैं ङग बन्छ, त्यस्तै ङ् + ् + घ - ङघू , द + ् + व - द्वू ,र + ु - रु र + ू - रू आदि।

एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि विग्रने जस्ता यावत समस्या को समाधान नेपाली युनिकोड हो । युनिकोडले नेपाली (देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अंग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझने समस्या समाधान भएको छ।

फाइदाहरू
सञ्चालन प्रणालीमा नेपाली भाषाको ब्यापक प्रयोग
अ आ..... क ख ग घ गरी क्रम मिलाउन सकिने
अङग्रेजी र नेपालीका अक्षरहरूलाई मिसाएर लेख्न र फेर्न सकिने
फाइलको नाम पनि नेपालीमै दिन सकिने निश्चित
नेपाली फन्ट नभए पनि कम्प्युटरको पुर्वनिर्धारित
नेपाली फन्टले फाइल खोल्न र पढ्न सकिने
नोटप्याड एक्सेल फ्रन्टपेज जुनसुकै प्रोग्राममा पनि चल्ने
नेपालीमा इमेल पठाउन सकिने
नेपाली इन्टरनेट पेज हेर्न सकिने
नेपाली शब्द नै प्रयोग गरेर इन्टरनेटका गुगल लगायतमा खोज्न सकिने, आदि।

कम्प्युटरमा नेपाली युनिकोड Install गर्न चाहिने system software र अन्य सामाग्री
Operating System Windows 2000 वा माथिको हुनुपर्ने
Office Application Office XP वा माथिको हुनुपर्ने
Operating System को installation CD नेपाली युनिकोडको CD वा Download गरेको फाईल

नोटः Windows 98 र त्यस भन्दा पुरानो Operating System मा नेपाली युनिकोड सपोर्ट गर्दैन। नेपाली युनिकोड र conversion tool हरु http://madanpuraskar.org/index.php?option=com_docman&Itemid=63 बाट Download गर्न सक्नु हुन्छ ।
नेपाली युनिकोडको CD वा Download गरेको फाईल वाट नेपाली युनिकोड Install गर्नुहोस। नेपाली युनिकोड Installation सकेपछि Operating System (OS) को CD,CD ROM मा हाल्नुस् र
Start > Settings > Control Pannel > Regional and language setting > Languages > Supplemental language Support > Install files for complex script and right-to-left languages (Including Thai) मा चिन्ह लगाई OK गनुहोस र Next गर्दै जानुहोस।
यस पछि Languages > Text services and input languages > Details > Settings > Installation Services > Add > Input Language मा Sanskrit छान्नुहोस र Keyboard layout/IME मा Nepali Unicode Romanized layout वा Nepali Unicode Traditional छान्नुहोस र Ok मा click गर्नुहोस ।
नेपाली युनीकोडमा टाइप गर्न पहिला तपाईंले Language (EN) मा SA (Sanskrit) Click गर्नु पर्ने हुन्छ वा Alt + Shift थिच्नु भयो भने पनि नेपाली भाषामा परिर्वतन गर्न सकिन्छ। नेपाली युनीकोडमा टाइप गरेको वा प्रिति कान्तिपुर मा टाइप गरेका फाईल एक अर्कोमा परिवर्तन गर्न सकिन्छ। यसको लागि तपाईंले http://sureshsitaula.webng.com/unicodetokantipur वा http://www.xnepali.com/unicode/convert.php मा गएर online conversion गर्न सक्नुहुन्छ ।
Offline को लागि भने http://madanpuraskar.org/index.php?option=com_docman&Itemid=63 Conversion tool download गरि गर्न सक्नुहुन्छ ।